ऋतु परिवर्तनको समयमा तापक्रम र आर्द्रतामा हुने उतारचढावले रुघाखोकी, ज्वरो जस्ता सामान्य सरुवा रोगको जोखिम बढाउँछ। यस्तो अवस्थामा प्रतिरोधात्मक क्षमता कमजोर हुनेहरू विशेष जोखिममा पर्ने चिकित्सकहरूको भनाइ छ।

Inside the article text

पर्याप्त निद्रा, सन्तुलित आहार र स्वच्छता अभ्यासले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मद्दत गर्छ। भीडभाडयुक्त ठाउँमा मास्क प्रयोग गर्नु र नियमित हात धुनुजस्ता सामान्य बानीले सरुवा रोगको जोखिम घटाउन सकिन्छ।

लक्षण देखिएमा घरेलु उपचारमा मात्र भर नपरी समयमै स्वास्थ्यकर्मीसँग परामर्श लिनु उपयुक्त हुने विज्ञहरूको सुझाव छ।